प्रश्नः मानव विकास र पूर्वाधार विकासबीचको अन्तरसम्बन्ध र भिन्नता उल्लेख गर्दै विकासमा कुन पक्षको विकास पहिला आवश्यक हुन्छ, लेख्नुहोस् । १०


मानव र पूर्वाधार विकास : राष्ट्र निर्माणका आधार
व्यक्तिको समग्र व्यक्तित्वको निर्माण गर्ने कार्य नैे मानव विकास हो । यसअन्तर्गत शारीरिक र मानसिक गरी दुवैथरीका विकास पर्छन् । शिक्षा, स्वास्थ्य, रोजगारीलगायत क्षेत्रमा भएको लगानीले नै सक्षम मानव विकासमा टेवा पु¥याउँछ । पूर्वाधार विकास भनेको विकासको पूर्वसर्त हो । यसअन्तर्गत शिक्षा, स्वास्थ्य, सडक, खानेपानी आदि क्षेत्रको विकास पर्छ । मानव विकास र पूर्वाधार विकास दुवै सबल राष्ट्र निर्माणका माध्यम हुन् । एकको विकासबिना अर्को सम्भव छैन । यद्यपि यी दुईबीच केही समानता र भिन्नता भने पाउन सकिन्छ ।
मानव विकास र पूर्वाधार विकासबीचको अन्तरसम्बन्ध, दुवै विकासका पूर्वसर्त हुन् ।
मानव विकासविना पूर्वाधार विकास र पूर्वाधार विकासबिना मानव विकास सम्भव छैन ।
मानव विकास र पूर्वाधार विकास दुवै विकासशील मुलुकका लक्ष्य हुन् ।
दुवै थरीका विकासका लागि पर्याप्त स्रोत–साधनको आवश्यकता पर्छ ।
दुवै विकासका लागि आर्थिक स्रोतको व्यवस्था हुनुपर्छ ।
मानव र पूर्वाधार विकास दुवैका लागि निश्चित मापदण्ड तय गर्न सकिन्छ ।
दुवै विकासका लागि मानवीय र भौतिक स्रोत–साधनको आवश्यकता हुन्छ ।
मानव विकास र पूर्वाधार विकासबीचको भिन्नता
मानव विकास पूर्वाधार विकास
१. मानिसको आन्तरिक र बाह्य विकासलाई ध्यान दिइन्छ ।
१. वातावरणको आन्तरिक र बाह्य पक्षमा ध्यान दिइन्छ ।
२. यसबाट व्यक्तिको व्यक्तित्वको विकास हुन्छ ।
२. देशको आर्थिक सामाजिक पक्षको विकास हुन्छ ।
३. यो सामाजिक विषय हो ।
३. यो राजनीतिक, सामाजिक र आर्थिक विषय हो ।
४. मानवलाई दक्ष बनाउनका लागि गरिने विकासको प्रयास हो । ४. दक्ष मानवबाट गरिने विकासात्मक कार्य हो ।
५. विकासको एउटा पक्षलाई मात्र समेट्छ । ५. विकासको समग्र पक्षलाई समेट्छ ।
यसरी मानव विकास र पूर्वाधार विकासविना विकास सम्भव नहुने भएकाले विकासका यी दुवै पक्षलाई सँगसँगै अघि बढाउन सकेको खण्डमा राष्ट्र निर्माणले सार्थकता पाउने देखिन्छ । यसका लागि मानवीय पक्षसहितको विकासमा लगानी गरी मानव विकास सँगसँगै पूर्वाधार निर्माण र विकास गर्नु आजको प्रमुख आवश्यकता हो ।
प्रश्नः नेपालमा राजनीतिक विभाजनका आधार के–के हुन् ? वर्णन गर्नुहोस् । ५
राज्यको उपस्थिति देखाउन वा कुनै स्थानको प्रशासनिक एवं राजनीतिक सरलताका लागि गरिएको विभाजनलार्ई राजनीतिक विभाजन भनिन्छ । सन्तुलित विकास र मानवीय व्यवस्थापनका लागि पनि यस्तो विभाजन गरिन्छ । नेपाललार्ई पनि यसै आधारमा ७ प्रदेश, ७७ जिल्ला, ४६० गाउँपालिका, २७६ नगरपालिका, ११ उपमहानगरपालिका, ६ महानगरपालिका गरी ७५३ स्थानीय तहमा विभाजन गरिएको छ ।
विगतको राजनीतिक विभाजनका आधारमा
ऐतिहासिक निरन्तरताका आधारमा
सेवा प्रवाहको सुगमताका आधारमा
जनसंख्याको अवस्थितिका आधारमा
भौगोलिक बनावटका आधारमा
जातजाति, धर्म–संस्कृतिका आधारमा
प्राकृतिक स्रोत–साधनको उपलब्धताका आधारमा
पहिचानका आधारमा (जातीय, धार्मिक, भाषिक वा सांस्कृतिक)
सम्बन्धित क्षेत्रको बनावटका आधारमा
राजनीतिक नेतृत्वका आधारमा
स्थानीय माग र आवश्यकताका आधारमा
प्रशासनिक क्षमता र आवश्यकताका आधारमा
यसरी नेपाललार्ई पनि भौगोलिक बनावटअनुसार राजनीतिक रूपमा प्रदेश, जिल्ला, स्थानीय तह आदिको स्वरूपमा विभाजन गरिएको पाइन्छ ।

Comments

Popular posts from this blog

अनुगमन र मूल्याङ्कनको अर्थ, भिन्नता र उद्धेश्य

अभिलेख ब्यबस्थापन

भ्रष्टाचार निवारण ऐन 2059