वैदेशिक लगानी

प्रश्नः वैदेशिक लगानीबारे चर्चा गर्दै देश विकासमा वैदेशिक लगानीको भूमिका उल्लेख गर्नुहोस् ? (१०)

राष्ट्र निर्माणको आधार 
वैदेशिक लगानी

विदेशी लगानीकर्ताले सेयरमा गरेको लगानी, लगानीबाट प्राप्त आयको पुनर्लगानी तथा ऋण वा ऋण सुविधाका रूपमा गरेको लगानीलाई जनाउँछ । विदेशी लगानीकर्ताले प्रत्यक्ष वा पोर्टफोलियोमार्फत लगानी गर्ने कार्य नै वैदेशिक लगानी हो । यो एक देशले अर्को देशको पुँजी, प्रविधि र अन्य क्षेत्रमा गर्ने लगानी हो । देशको आर्थिक विकास गर्दै अर्थतन्त्रलाई स्वतन्त्र, आत्मनिर्भर, उन्नतिशील र समृद्ध बनाउन वैदेशिक लगानी अपरिहार्य हुन्छ ।

नेपालजस्तो अति कम विकसित मुलुकका रूपमा मार खेपिरहेको मुलुकलाई समुन्नत तुल्याउन वैदेशिक लगानीको ठूलो भूमिका रहन्छ । मुलुकको अर्थतन्त्रलाई गति दिन यसको समुचित परिचालन भने आवश्यक हुन्छ । नेपाल पछिल्लो समयमा वैदेशिक लगानीको क्षेत्रमा सकारात्मक अवस्था देखिन्छ । वर्तमान संविधानले पनि आन्तरिक स्रोतको उपयोग गर्दै वैदेशिक लगानीलाई प्राथमिकतामा राखी प्रतिफलयुक्त क्षेत्रमा यसको परिचालन गर्ने नीति लिएको छ ।

विकासमा वैदेशिक लगानीको भूमिका

बचत र लगानीको आवश्यकताबीचको अन्तर पूरा गर्न,राज्यको औद्योगिकीकरणमा टेवा पुर्‍याउन,वैदेशिक व्यापारलाई प्रवद्र्धन गर्न,विकासको पूर्वाधारलाई दरिलो बनाउन,उत्पादन र उत्पादकत्वमा वृद्धि गरी अर्थतन्त्रलाई सुदृढ गर्न,आयातलाई प्रतिस्थापन गरी निर्यातलाई प्रवद्र्धन गर्न,राष्ट्रको विकासलाई गतिशील र अग्रगामी तुल्याउन,छरिएर रहेका स्रोत–साधनको समुचित परिचालन गर्न,ठूल्ठूला विकासका आयोजनामा लगानी गर्न,विदेशी पुँजी, सीप र प्रविधिलाई आन्तरीकरण गर्न,व्यवस्थापकीय र प्राविधिक कौशल भिœयाउन,देशको आन्तरिक मागलाई पूरा गर्न,लगानीको उचित वातावरण बनाउन,अन्तरदेशीय सम्बन्धलाई बलियो बनाउन ।

यसरी
वैदेशिक लगानीले पुँजी, प्रविधि र क्षमताको विकासमार्फत देशको अर्थतन्त्रलाई सुदृढ, समृद्ध तथा चलायमान बनाउन विशेष भूमिका खेल्ने हुँदा यसको समुचित परिचालन गरी जनअपेक्षाअनुरूप समृद्ध राज्य निर्माण गर्नुपर्छ । सामाजिक आर्थिक रूपान्तरण, गरिबी न्यूनीकरण र मुलुकको समृद्धिका लागि वैदेशिक लगानीका महत्वपूर्ण भूमिका रहने कुरामा कसैको दुईमत हुन सक्दैन । 

प्रश्नः ऊर्जाको महत्वपूर्ण क्षेत्र वैकल्पिक ऊर्जाको महत्व लेख्नुहोस् ?    (५)
वातावरणमैत्री ऊर्जा 
वैकल्पिक ऊर्जा

परम्परागत एवं प्रचलित ऊर्जाको सट्टामा प्रयोग गरिने ऊर्जालाई वैकल्पिक ऊर्जा भनिन्छ । जसअन्तर्गत लघुजलविद्युत्, वायु ऊर्जा, सौर्य ऊर्जा बायोग्यास आदि पर्छन् । वातावरणमैत्री दिगो विकास तथा सरल र सहज ऊर्जाको प्राप्तिमार्फत जनजीवन तथा अर्थतन्त्रमा टेवा पुर्‍याउन वैकल्पिक ऊर्जाको विशेष महत्व रहन्छ । नेपालको वर्तमान संविधानले पनि राज्यको नीतिमार्फत नवीकरणीय ऊर्जाको प्रयोगमार्फत ऊर्जाको आपूर्तिलाई सरल र सहज बनाउने नीति लिएको छ ।

वैकल्पिक ऊर्जाको महत्व

दिगो विकासको लक्ष्यका साथै सबैका लागि दिगो ऊर्जाको अवधारणालाई सार्थक तुल्याउन,अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई कार्यान्वयन गर्दै हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्न,वातावरणमैत्री विकासमार्फत दिगो विकास कायम गर्न,ऊर्जाको सहज पहुँच र ऊर्जा सुनिश्चितता कायम गर्न,छरिएर रहेका ग्रामीण बस्तीसम्म ऊर्जाको पहुँच पुर्‍याउन,सहरी क्षेत्रमा बढ्दै गएको ऊर्जा संकटलाई न्यूनीकरणमा सहयोग पु¥याउन,परम्परागत ऊर्जामाथिको निर्भरतालाई कम गर्न,जलवायु परिर्वतनको असरलाई न्यूनीकरण गर्न,कार्बन व्यापारलाई बढावा दिन,पर्यावरणीय सन्तुलन कायम गर्न,स्वच्छ वातावरणमार्फत स्वस्थ जनशक्ति प्राप्त गर्न,समग्रमा दिगो र दरिलो विकास कायम गर्न ।

अन्त्यमा,
वैकल्पिक ऊर्जाले ऊर्जा स्रोतको सहज आपूर्तिमार्फत दिगो विकासमा टेवा पुर्‍याउने भएकाले यसको समुचित प्रयोगमा ध्यान दिनु सबैको जिम्मेवारी हो । यसो भएमा वातावरण रक्षा भई साझा पृथ्वीको अवधारणाले सार्थकता पाउने देखिन्छ ।

Comments

Popular posts from this blog

अनुगमन र मूल्याङ्कनको अर्थ, भिन्नता र उद्धेश्य

अभिलेख ब्यबस्थापन

भ्रष्टाचार निवारण ऐन 2059